Tag Archives: Article

त्रासदीपुर्ण यात्राको सम्झना !


बैसाख १२ गतेका दिन भुकम्प आउँदा म दाङमा थिएँ । भुकम्पको कम्पन खुट्टामा मात्रै हैन सोसल मिडियामा समेत ब्यापक रुपमा आउन थालेपछि तत्कालै काठमाण्डौँ सम्पर्क गरेँ । फोन लाग्दै लागेन । अनि सुर्खेत घरमा फोन लगाएँ । बुवा आमाले त्यहाँ … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in Uncategorized | Tagged , , , , , | टिप्पणी छोड्नुहोस्

त्यो चरित्रको बयान म गरुँ कसरी…..!


दिनहुँ राजनितिक दलका नेताहरुको वाकयुद्द र संविधानसभाका समाचारहरु मात्रै भेटिने अखबारका मुख्य पानाहरु केहि दिनयता एउटा पात्रको नामले भरिएका छन्-डा.गोविन्द केसी । हुन त अधिकांश समय नितिहरुको पनि निति राजनिति भन्दै खेलकुद, कलाकारिता, कृषि, चिकित्सा, अर्थ या अरु पेशाका समाचारहरु … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in Uncategorized | Tagged , , , , | टिप्पणी छोड्नुहोस्

भो प्रीय स्कुटी नचलाउ !


बिहान आठ नबज्दै हामी दुवैजनालाई कामधन्दामा निस्किने चटारो हुन्छ । नहोस् पनि कसरी ! काम गर्नकै लागि थातथलो छोडेर यो राजधानी नगरीको अस्थायी बासिन्दा भईएकोछ तमाम झमेला र किचलो सहँदै । कैले घरबेटीको किचलो, कहिले सार्वजनिक सवारी साधनको झमेला, कहिले … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in Article | Tagged , , | 13 टिप्पणीहरु

भुगोलपार्कको फलामे बारबाट चिहाएका ति क्षणहरु……


तिहारको भाईटिकाको दिन थियो, आफ्ना दिदी बहिनीहरु नभएका कारण केही बर्षयता तिहारमा टिका लगाउने क्रम टुटेकोले काठमाण्डौका सडकमा बरालिँदै थिएँ । सुरुमा रानी पोखरीतिर हुँईक्याएको मनले फेरी के सोच्यो कुन्नी अनायसै पाईलाहरु नयाँ सडकतिर हुत्तिए । नयाँ सडक तुलनात्मक रुपमा … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in Article | Tagged , , | 2 टिप्पणीहरु

चुनाव यात्रामा तनाव


साप्ताहिक रेडियो कार्यक्रमको उत्पादनका क्रममा केही नागरिकसंग टेलिफोनबाट कुराकानी गर्ने र सामाजिक संजालका अदृष्य कोठे बहसमा सामेल हुने बाहेक यसपालीको संविधानसभा निर्वाचन प्रति आम नागरिकका अभिब्यक्तिहरु बुझ्ने मौका मिलिरहेको थिएन । यस्तैमा चुनावको मिति नजिकिँदै जाँदा मत हाल्न कोको जाने … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in Article | Tagged , , , , | टिप्पणी छोड्नुहोस्

सोसल मिडिया: प्रयोग र प्रवृत्ति


केही साता अघि पत्रकार एवं लेखक लेनिन बञ्जाडेले ट्विटरमा एउटा ट्विट गरे । नेपालका एक प्रतिष्ठित ब्यापारीको नाम बहुचर्चित पत्रिका फोर्ब्सले निकाल्ने अरबपतिहरुको लिष्टमा चढेको खबरले बजार तताएको समयमा गरिएको लेनिनको उक्त ट्विट थियो – ‘नेपालमा एउटा होइन, हजारौं ‘अरब’पति छन्, … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in Article, Article | Tagged , , | १ टिप्पणी

खुल्ला दिसामुक्त गाउँ घोषणा अभियान र निशाको सगरमाथा यात्रा


गतसाताको एउटा पत्रिकामा गृहजिल्लाको समाचार देखेँ । आफ्नो गृहजिल्लाको समाचार देखेपछि त्यो समाचारमा ध्यान गइहाल्यो किनकी गृहजिल्लाको समाचारले कस्को पो ध्यान नतान्ला र ! समाचार के रहेछ भनेर पल्टाएर हेरेँ । ओहो ! सुखद समाचार पो रहेछ : ‘५० गाविस … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in Article | Tagged | टिप्पणी छोड्नुहोस्