गजल


आउनुस् हामी सबै मिली यो देशलाई लुटौँ आजै

नेपाल बन्द गरिहालौँ, बटुवालाई कुटौँ आजै

लोकतन्त्र जोकतन्त्र भो, हाँस्ने खुराक के चाहियो र !

चौतारीमा चिया खाँदै, फोश्रा गफ चुटौँ आजै,

एकजुट हुँदा गुट भन्लान्, भिन्नतामै पहिचान खोजौँ,

राष्ट्रियता बेकार गफ हो, जातजातमा टुटौँ आजै,

मैले खाए पुगिगो नि, अहिलेलाई यत्ति बुझौँ

किन चाहियो धेरै विवेक, हाँडीभित्र भुटौँ आजै,

कोहि भन्लान् मनमनलाई राष्ट्रियताले खुटौँ आजै,

अरुको कुरा नसुन्नु है !  यत्ति भन्दै छुटौँ आजै,

आउनुस् हामी सबै मिली यो देशलाई लुटौँ आजै

नेपाल बन्द गरिहालौँ, बटुवालाई कुटौँ आजै

@baabajee
2071-12-26

About BAABAJEE

Just human... no more !
This entry was posted in Gajal and tagged , . Bookmark the permalink.

4 Responses to गजल

  1. paudelpadamprasad भन्नुहुन्छ:

    आहा कती राम्रो गजल #paudelpadamprasad

  2. pbsansar भन्नुहुन्छ:

    राम्रो अनि सान्दर्भिक छ

Leave a reply to paudelpadamprasad जवाफ रद्द गर्नुहोस्