भो प्रीय स्कुटी नचलाउ !


बिहान आठ नबज्दै हामी दुवैजनालाई कामधन्दामा निस्किने चटारो हुन्छ । नहोस् पनि कसरी ! काम गर्नकै लागि थातथलो छोडेर यो राजधानी नगरीको अस्थायी बासिन्दा भईएकोछ तमाम झमेला र किचलो सहँदै । कैले घरबेटीको किचलो, कहिले सार्वजनिक सवारी साधनको झमेला, कहिले लोडसेडिङको त कहिले खानेपानीको । त्यसमाथि दुईजनाले नै काम नगर्ने हो भने खर्च धान्न पनि धौधौ हुन्छ ।

काम त जसोतसो दुवैजनाले पाईएको छ तर सानी छोरी समेत छे । उसलाई खुवाईपियाई गरेर स्कुल पठाएर मात्रै आफू काममा जानुपर्ने बाध्यताले अँझै चटारो हुन्छ बिहानीपख ।Accidentआज पनि मैले उनलाई भनेँ-छिटो गर न हौ ! हतार भैसक्यो, मलाई बबरमहल छोडेर तिमी नौ बजे नै बालुवाटार पुग्नुपर्छ भन्ने बिर्स्यौ?

उनले भनिन्-साँच्चै भन्ने हो भने आज मलाई स्कुटी चलाएर काममा जाने मन नै छैन ।

लौ ! किन नि?-मैले सोधेँ ।

‘दिनहुँजसो भईरहेको सवारी दुर्घटना, त्यसमा पनि यो भिडभाडको शहरमा फुकाएर छाडिएका चैते बहरझैँ कुद्ने ट्रक, टिप्पर र बसको चेपुवामा कुन दिन म र यो स्कुटी दुबै पर्छौँ कि भन्ने डरले’-उनले भनिन् ।

मन झसंग भएपनि मैले उनलाई नै हकारेँ-‘ह्याऽऽऽ हावा कुरा नगर। केही हुँदैन । हजारौँ सवारीसाधन गुड्ने यो शहरमा भएका एकाध अपवादका दुर्घटनालाई लिएर धारणा बनाउनु राम्रो हैन।’

कान्तिले स्कुटर स्टार्ट गरिन् । म टुसुक्क पछि बसेँ । स्कुटर बबरमहलस्थित धोवीखोला किनार हुँदै बिजुलीबजार पुलतिर हुँईकियो । म पुल्चोक जाने टेप्पो चढ्न त्यहिँ ओर्लिएँ । कान्ति चाहीँ बाटो काट्न अघि बढिन् । तर पुच्छर ठड्याएर दकुरेको साँढेझैँ नयाँबानेश्वरबाट बिजुलीबजार हुँदै अघि बढेका सवारी साधनले त्यहाँ रोक्ने मेसो पाएनन् या जरुरी ठानेनन् । उनी त्यहाँ पाँचसात मिनेट जति रोकिईन् । मैले बाटो छेउ उभिएर हेरिरहेँ । बल्लतल्ल उनले बाटो काटिन् । म पनि पुल्चोकको टेम्पो समातेर अघि बढेँ ।

गएको आईतवार र सोमवार (मंसीर २१ र २२ गते) मात्रै काठमाण्डौको सडकमा दुईवटा सडक दुर्घटनामा परि दुईजना महिलाले ज्यान गुमाए । मंसीर २१ गते आईतवार साँझ साढे छ बजेतिरको समय हुँदो हो, आँखै अगाडि बबरमहलमा भएको सवारी दुर्घटनामा परि एकजना युवतीको ज्यान गयो । धुलिखेलतिर जाँदै गरेको मिनिबसले ति युवती चढेको स्कुटरलाई ठेलेर केहीपरसम्म पुर्‍याउँदै किचेको थियो । दुर्घटनामा परी ज्यान गुमाउने स्कुटर चालक २१ की युवती शान्ता हमाल रहिछन् भन्ने कुरा पछि समाचार सुनेर थाहा भयो ।

त्यस्तै मंसीर २२ गते सोमवार राजधानीकै तीनकुनेमा ट्रकले स्कूटीलाइ ठक्कर दिएर किच्दा त्यसमा सवार रहेकी एक जना युवतीको ज्यान गयो । दुर्घटनामा ज्यान गुमाउने युवतीको नाम भने मैले थाहा पाउन सकिन । यस अघि गत चैतमा चर्चित गायिका मञ्जु महतको पनि यसैगरी स्कुटरमा सामाखुसीबाट जमलतर्फ आउँदै गर्दा गल्कोपाखामा माइक्रो बसले किचेर मृत्यु भएको थियो । त्यस भन्दा अघि गत बर्षको मंसीरताका नै स्कुटर दुर्घटनाकै कारण महाराजगञ्जमा २८ वर्षीया सविना कार्कीले पनि ज्यान गुमाउनुपर्‍यो ।

यी त केही दृष्टान्तहरु मात्रै हुन् राजधानीको सडकमा भएका सवारी दुर्घटनाहरु र त्यसमा ज्यान गुमाउने महिलाहरुका । पछिल्लो समयमा दशैँ यता मात्रै देशका विभिन्न ठाउँहरुमा भएका सवारी दुर्घटनाहरुमा परि ५ सय भन्दा धेरै को ज्यान गईसकेको छ । पछिल्लो दुई सातामा मात्रै गृहजिल्ला सुर्खेत र आसपासमा गरी ७० जनाको पनि यसैगरी सवारी दुर्घटनामा परि ज्यान गएको छ । मैले यहाँ उठाउन खोजेको सन्दर्भ ठुला सवारी साधनहरु नै दुर्घटनामा परेको बारे हैन । हुन त यस बारेमा झन् धेरै बहस हुन र यी बहसहरुलाई राज्य तथा जिम्मेवार पक्षले गहन रुपमा बिष्लेषण गरी यथाशक्य दुर्घटना रोक्ने पहल थाल्न जरुरी मात्रै हैन कि ढिलाई नै भईसकेको छ ।

म पुरानै प्रसंगमा फर्किन चाहन्छु, यसरी राजधानीमा एकपछि अर्को रुपमा ठुला सवारी साधनको निसानामा स्कुटीहरु किन परिरहेका छन् त ! ट्राफिक प्रहरी महासाखाको तथ्याङ्क भन्छ-राजधानीमा हुने सवारी दुर्घटनाहरु मध्ये ८० प्रतिशत दुर्घटना, ठुला सवारीसाधन तथा सार्वजनिक यातायातका साधनकै कारण हुने स्कुटर या मोटरसाईकल दुर्घटनाका नै छन् ।

गतवर्ष असोजमा कान्तिले मसंग स्कुटर किन्ने प्रस्ताव ल्याएकी थिईन् । ‘कि तिमी मोटरसाईकल किन, हैन भने म स्कुटी किन्छु।’ उनको प्रस्ताव सुनेपछि मैले भनेँ-‘मलाई काठमाण्डुमा मोटरसाईकल चलाउने हिम्मत छैन हेर, आफ्नो सवारी साधन नै चढ्ने त्यस्तो रहर छ भने बरु तिमी नै स्कुटर किन । मैले पनि कहिलेकाहीँ लिफ्ट पाईहाल्छु होला के रे !’

मेरो उत्तर नसकिँदै उनले उत्तर दिईन्-‘माईक्रो बस र नेपाल यातायात चढ्दा वाक्कै भएको छु म । तिमी केटाहरुलाई पो के छ र ! ठेलमठेल हुँदै चढ्यो, कोचाकोचमै बस्यो । हामीलाई कम् छ ! त्यही कोचाकोचमै गोमन साँप झैँ हात सल्बलाउन खोज्नेहरु कति हुन्छन् कति ।’

हुन पनि हो, युवती देखेपछि हुँदो नहुँदो हर्कत गर्ने कतिलाई त मैले नै हकारेको छु सार्वजनिक यातायातमा । ढेस्सिएर बस्न खोज्ने, कुहिनोले घचेट्ने, महिला आरक्षण सिट लेखेको देखिदेखी त्यहीँ गजधुम्म परेर बसिदिने मात्रै हैन अश्लिल र द्विअर्थी शब्द बोलेर दुर्व्यवहार गर्ने जस्ता कृयाकलापको शिकार आफै समेत भएपछि उनले ऋण नै काढेर भएपनि स्कुटर किन्ने निर्णय लिएकी थिईन् । तर यसरी सार्वजनिक यातायातमा भएको दुर्व्यवहारबाट बच्न स्कुटर किनेपनि सुख त कहाँ छ र ! छेवैमा युवतीले रातो, सेतो, कालो, पहेँलो, बैजनी जस्ता ‘कलरफूल’ स्कुटर हाँक्दै गरेको देखेपछि सार्वजनिक सवारी साधनका चालक तथा सहचालकहरुमा के भूत सवार हुन्छ कुन्नी ! उनीहरु सिट्ठी फुक्ने, ‘ओ मैँया! बाटो तिम्रो मात्रै कि हाम्रो पनि !’ भन्ने, र मौका परे होडबाजी गरेको निहुँमा कच्याक्कुचुक् पारेर हिँड्न पनि पछि पर्दैनन् । सायद यिनै कारणले पनि पछिल्ला दिनहरुमा स्कुटरहरु बढीजसो दुर्घटनाका सिकार बनेका छन् ।

स्कुटर दुर्घटनाका कारण महिलाहरुले ज्यान गुमाउने गरेको सन्दर्भलाई जोड्दै मैले एउटा ट्विट पनि गरेको थिएँ-‘केही समय यता काठमाडौंमा भएका दुर्घटनामा अधिकांश स्कुटी किचिएका छन् र त्यसमा महिला नै परेका छन्। संयोग हो कि हेप्न खोज्दा दुर्घटना भको हो?‘ भनेर । यसमा केही साथीहरुका प्रतिकृयाहरु पनि यसरी पाएँ । गौरव पोखरेलले यसलाई संयोगमात्रैको रुपमा लिन सकिन्न कि भनेर आशंका ब्यक्त गर्नुभयो । त्यस्तै लोकदोहोरी गायिका मुना थापामगरले यसलाई हेपाहा प्रवृत्तिका रुपमा लिनुभयो । दुर्गा शाहीले भने स्कुटी र महिलालाई मात्र होईन दुईपाङ्ग्रे सवारीलाई समेत ड्राईभरहरुले देख्न छोडिसकेको तर्क गर्नुभयो । साथै उहाँ सरकारलाई ‘चीर निन्द्रामा रहेको’ भनेर ब्यङ्ग्य समेत गर्नुहुन्छ ।

सन्तोष पुडासैनी, बिरोचन पराजुलीमहेन्द्र भुषाल भने अली फरक तर्क गर्नुहुन्छ । उहाँहरुको भनाई अनुसार दुई पाँग्रे सवारी चालकले पनि सडकमा आफ्नो सवारी साधन चलाउँदा खाली ठाउँ भेट्यो कि छिराईहाल्नु भएन । त्यसैगरी घरमै बसीबसी सवारी चालक अनुमति पत्र लिने प्रवृत्ति र सिकाईको कमीका कारण पनि यस्ता दुर्घटना भएका छन् भने दुवै पक्षले ट्राफिक नियमको वेवास्ता समेत गर्ने मात्रै हैन कि अधिकाँश ट्राफिक नियमकै बारेमा समेत बेखबर छन् ।

समग्रमा ट्विटरमा भएको यो बहसले सवारी दुर्घटना हुनुमा प्रवृत्तिलाई त दोषी देखाएको छ नै, साथसाथै नितिगत रुपमा समेत हाम्रो कमजोरी देखाएको छ । दुईपाँग्रे सवारीसाधनको लाईसेन्स किनबेचको कुरा हामीकहाँ बर्षौँ अघिदेखि चलेको हो र यो कुराको अहिले पनि उत्तिकै चर्चा हुनेगर्छ । काठमाण्डौँमा केही कम भएपनि जिल्लाहरुमा अँझैपनि स्कुटी या मोटरसाईकल नसिकेरै या भनौँ ट्रायल नदिएरै लाईसेन्स लिनेहरु हजारौँ छन् ।

जे होस्, एकले अर्काको कमजोरी देखाए पनि समग्रमा परिणाम एकातिर ‘आफ्नो आङ कन्याएर आफै छारो उडाउने’ जस्तै भएको छ भने अर्कोतिर बर्षेनी कैयौँले यसरी दुर्घटनाका कारण ज्यान गुमाउने या अपाङ्ग हुनुपर्ने अवस्था छ । आमनागरिकका हैसियतले यसको अन्त्य हुनका निम्ति आफै सचेत हुनुका साथै नितिगत सुधारका निम्ति सकारात्मक दवाव दिन पनि जरुरी छ भन्ने लेख्नुबाहेक मसंग अर्को विकल्प केहि छैन । छ त केवल उनलाई भन्ने एक वाक्य-‘भो प्रीय स्कुटी नचलाउ !’

तस्विर सौजन्य: मुना थापामगरको ट्विटरबाट

About baabajee

just human
This entry was posted in Article and tagged , , . Bookmark the permalink.

भो प्रीय स्कुटी नचलाउ ! का 13 वटा प्रतिक्रियाहरु

  1. pluckycd भन्नुहुन्छ:

    कुराे त राम्राे हाे तर के गर्ने , िघउ बेचेर भय पिन ,िजउ बेचेर िन स्कुटी चािहएकाे छ

  2. lal bahadur khatri भन्नुहुन्छ:

    हो म हेपाहा प्रबृती मान्छु।सवारी साधन सम्न्धमा सरकार र यातायात ब्यबसायी उदासिन छ।के गर्ने।

  3. lal bahadur khatri भन्नुहुन्छ:

    होइन घाँटी हेरेर हाड जल्ले पनि निल्छ।यातायात ब्यबसायिका साथिहरु बिस्शो परिबेस्का सिस्टमलाइ हेर।जस्तो सम्बिधान बनाउनमा नेताको जस्तो लाचारी पन तिमिहरुले पनि नदेखाउ।कसैले दियको सुझाबलाइ ग्रहन गर्ने गरौ।

  4. किसोर थामी भन्नुहुन्छ:

    खास दुर्घटना हुनुमा नेपाली चालक हरुमा ट्रफिक चेतना कमि हुनु हो दोस्रो लापरबाही सवारी चलाउनु हो कठमान्डौ को कुरा गर्ने हो भने लेन अनुसार सवारी नचलाउनु र अर्को बायाँ तर्फ बाट ओभरटेक गर्नु मुखय उदाहरण हुन काठमान्डौमा प्राय मोटरसाइकल स्कुटर र माइक्रो बसले बायाँ बाट ओभरटेक गरेको देखिन्छ । यसमा दुर्घटना भयो भने कस्को गल्ती हुन्छ …… ? यसको उत्तर आफै दिनुहोस

  5. ऋषिराम सापकोटा भन्नुहुन्छ:

    नेपालमा कीन दीनहु सबारी दुर्घटना हुन्छ यसको दोसी को सुरक्षा नीकाय सरकार वा सबारी चालक गयको एक महीनामा सबारी दुर्घटना मा परी यक हजार भन्दा बढी सर्बसाधरन ले ज्यान गुमायका छन बीचरा तीनीहरुको के दोस र यो दीनहु हुने दुर्घटना न्यूनीकरण गर्न खोइ त सरकारले चासो देखायको???

  6. magar nirmal भन्नुहुन्छ:

    यो घटना भन्नू पर्दा खास गरि हाम्रो नेपाल मा
    बाटो को करान र डराईभर को लापरबाही को कारण हो
    र अर्को कुर यो पनि हो बाटो मा गाडी हाक्दा सो आफै पनि ध्यान दिनु पर्छ ….

  7. Tika Bdr Chhetri भन्नुहुन्छ:

    सवारी साधन सम्न्धमा सरकार र यातायात ब्यबसायी उदासिन छ।के गर्ने।खास दुर्घटना हुनुमा नेपाली चालक हरुमा ट्रफिक चेतना कमि हुनु हो दोस्रो लापरबाही सवारी चलाउनु हो (STOP, LOOK ,GO)ग्रहन गर्ने गरौ।

  8. महेन्द्र चालिसे भन्नुहुन्छ:

    म कसैलाई दोष दिने पक्षमा तर जब सम्म ठूलो सानो सबै सवारि साधनले लेन अनुसाशन पालना गर्दैनन र बिशेष २ पांग्रे साधनले बायाँ बाट ठूलो साधनलाई ओभरटेक गर्न छाड्दैनन यस्ता दुरघट्ना अपरिहार्य छ र यस्ता दुरघटना हुन रोक्न १. ओभरटेक गर्नका लागि घटिमा २०० मिटर वर देखि साईड मागेर मात्र गर्ने
    २. बायाबाट ओभरटेक नगर्ने
    ३.स्पिड लिमिट कायम गर्ने।
    यति ३ चिज मात्र फलो गर्ने हो भने शहरि क्षेत्रमा ९०% प्रतिशत दुरघटना कम हुन्छ।

  9. Satya P. Joshi भन्नुहुन्छ:

    केगर्ने जीन्दगी बेहाल छ ।

  10. Krishna chettri भन्नुहुन्छ:

    Afsolty butयहाॅ सबैभन्दा पहिला त्यहि चाहिएको छ।
    के गर्नु

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )