गजल


छाति पोल्छ, कोखो दुख्छ, रोगी भएछु ।
राख-खगौतो मात्र साथमा, जोगी भएछु ॥

ठूलो मान्छे बन्नु भन्थे, उबेलामा सबले,
असल नभइ ठुलो बन्दा, भोगी भएछु ।

काम-क्रोध लोभ-मोह, त्याग्न सके महान्,
दिखावामा विश्वास गर्दा, ढोँगी भएछु ।

सार हेर्नु रुप हैन भन्दै अर्ति दिएपनि,
बन्न खोज्या ‘माछा’ थियो, घोँगी भएछु ।

छाति पोल्छ, कोखो दुख्छ, रोगी भएछु ।
राख-खगौतो मात्र साथमा, जोगी भएछु ॥

२०७० श्रावण २१ सोमबार 

About baabajee

just human
This entry was posted in Uncategorized. Bookmark the permalink.

गजल का 4 वटा प्रतिक्रियाहरु

  1. Tek Raj भन्नुहुन्छ:

    यहाँ चाहिं ‘लाइक’ बटन नहुने रैछ कि क्या हो ?

  2. Purushottam Adhikari भन्नुहुन्छ:

    ठूलो मान्छे बन्नु भन्दा असल मान्छे बन्नु जाति!!🙂

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )