यसरी बाबाजी काठमाण्डौ फिर्दा भए………


कुमारजी आज्ञा गर्नुहुन्च-” हे अगस्त्य मुनि ! सँधै मुनि मुनि मात्र भनिरहनुपर्नी हजुरलाइ ! कैलेकाँही त यस्सो माथि भनेर सम्बोधन गर्न पाए पनि त हुनि ।”

तहाँ उप्रान्त अगस्त्य मुनिले पनि खाँदा खाँदा खाँदिएर फुट्न मात्र बाँकि रहेको आफ्नो भुँडीबाट हात हटाएर नाक्चो कन्याउँदै रिसाए-” हे जिन्दगी भरिका कुमार ! नाम कुमार भएपनि काममा कहिल्यै कुमार नभएका प्राणी ! माथि हुनका लागि त ज्यान पनि त उसै प्रकारको हुनुपर्यो नि ! बहानाबाजी नगर, भन के सोध्न लोकेचार पारेका हौ?”

कुमारजीले तत्कालै ङिच्च दाँत देखाउँदै कुरा अघि बढाए -“हे माथि पर्न नसकेका मुनिवर ! पृथ्वीलोकमा बाबाजी नाम गरेको ट्विटर चलाउन रहर गर्नी, मध्यपश्चिमतिरको खस बाहुन, यस्पाला बहुत कष्ट सहेर काठमाण्डु आइयो भनेर बकबक गर्यो रे भन्नि सुनेँ । खास कुरा के रहेछ, यस्सो ऋषिवरका मुखारबिन्दबाट सुन्न पाए यो कान पबित्र हुनेथियो कि!”

ऋषिबरले तत्कालै उत्तर दिन सुरु गरे-“हे कुमार ! मान्छे त तिमी महा ल्याङल्याङे हौ । उहिले आफ्ना बाउले स्वस्थानीका नाममा गरेको यौनकाण्ड देखि दक्षप्रजापतिको टाउकोमा बोका जोडेका काण्ड सम्म सोध्न भ्यायौ भने यो नाथे कलियुगमा आफुलाइ जबर्जस्ती बाबाजी भनेर स्थापित गराउन खोज्ने फुलीवाला जीको उछितो काढ्नका लागि भएपनि उसका कुरा समेत सुन्न तिमी के पछि पर्थ्यौ र?”

ऋषिबरले थप्दै गए-” हे कुमार ! पृथ्वीलोकको नेपाल भन्ने भर्खरैमात्र गणराज भएको देशको नाम त सुनेकै हौला । उहि देशमा कात्तिकका महिनामा कुकुरको कारनामा देखिने सिजनमा यसपाला दशैँ भन्नी चाड परेछ ।

बाबाजी नामधारी ल्याङल्याङे पनि बर्षदिनको चाड मनाउन जान्छु तनि भनेर कुम्लो कुटिरोका साथमा काठमाण्डुको कोशेली गुदपाक र पुष्टकारी समेत बोकेर कमण्डलु हल्लाउँदै घर जाँदोभएछ ।

एकहप्ताको दशैपछि फेरी नेपाल भन्ने देशको राजधानी काठमाण्डौ भन्ने सुँगुरको खोर भन्दा पनि फोहर सहरमा भिक्षा माग्न उक्त बाबाजी भन्ने प्राणी फिर्दाका बखतका कुरा सुन्न खोजेका हौ तिमीले?”

कुमारजीको ब्रमन्न उत्थेरै तातेछ र ऋषिबरलाइ सोधिहालेछन-” हे बातका उद्योग अगस्ते ! तिमीलाइ मैले घटनाको बिवरण सुनाउ भनेको कि उल्टै कर्नाली राजमार्ग भन्दा अप्ठेरो र घुमाउरो भुमिका बानेर प्रश्न गर भनेको हँ?”

तत्पश्चात अगस्त्य मुनिले भन्न थाले-” दशैँ सबै हिन्दुहरुको ठुलो चाड भएपनि मनाउने आआफ्नै तरिकाका कारण नेपाल भन्ने देशमा बिषेश प्रकारले मनाइन्छ भन्नि कुरा त तिमी ल्वाँङे कुमारेलाइ मैले भनिरहन परोइन । खासगरी कमाइकाज फुट्टी भएपनि खर्च गर्नमा उदार दिलभएका नेपालीहरु यो चाड मनाउँदा बरु बिरामी परे पछि उपचार गरौँला अहिलेलाइ ढुक्ने र भुक्ने बाहेक सबै हुँल्नुपर्छ भन्ने मान्यताका साथ कुकुर, बिरालो र एकाध प्राणिका बाहेक अधिकाँस प्राणिका प्यारा ज्यान आफ्ना ज्यानमा बिसर्जन गर्छन भन्नि कुरा पनि तिन नेत्रधारी महादेबका छोरा भएका नाताले तिमीले थाहा पाएकै हौला ।

दशैँमा आफन्तकहाँ आशिर्वाद लिन देशबिदेशबाट नेपालका मानिसहरु आफ्ना घर या आफन्तकहाँ जान्छन । सोहि क्रममा बाबाजीको गृहजिल्लामा पनि धेरै मान्छे पुगेका रहेछन । त्यसैले फिर्ता हुनका लागि उसले बडो कष्ट गरेर एउटा सिटको जोहो गर्न सकेछ । बल्लतल्ल फेला परेको कुर्सी छोड्नु हुँदैन भन्ने नेताहरुको जनता भएका हुनाले होकि उसले पनि सिट नछोडी मलमुत्रलाइ समेत बाहुबलले रोकेर साढे चार बजेको बसबाट राजधानी फिर्ता हुन यात्रा आरम्भ गरेछ ।

यात्रा त आरम्भ भो तर गाडीको पाँग्रा गुड्न मात्र के लागेको रहेछ बसभित्र अचम्मका बासनाहरु फैलिन थालेछन ।

अमिला, पिरा, टर्रा, केरा, स्याउ, सुन्तला, कुराउनी,खसीको मासु,लोकल कुखुराको मासु,ब्रोइलर तथा अण्डा दिएर थाकेको लेयर्सको मासु, राँगो लगायतका अन्य जन्तु जनावरको मासुमात्र नभइ भित्र्याँसको समेत बासना एकैचोटी आउन थालेपछि बाबाजी करिब करिब निस्लोट हुने अवस्थामा पुगेछ । तैपनि न्वारन देखिको बल लगाएर आफुलाइ सम्हालेर भएको के रहेछ भनि पछाडि हेर्दा यात्रु महानुभावहरु सबैका हातमा पलास्टिकका एकेकोटा थैला झुण्डिएका र ति थैला पाठो पाउन लागेको बाख्राको पानीपोको झैँ देखिएका देखेर बाबाजीलाइ उक्त पदार्थ उपर्तल्ली भएको खाध्य पदार्थ हो भनि ठम्याउन कुनै बेर लागेन ।

तथापी यात्राका सहयात्रीलाइ सहयोग त गर्नुपर्छ भनेर बाबाजीले केहीलाइ सहयोग पनि गर्न थालेछन तर कलियुग न हो, सहयोग गर्दा राम्रै हुन्छ भन्ने कहाँ छ र ? एक बालकले तुरुन्तै बाबाजीका जिउभर वाइवाइ खन्याइदियो । एकै हिक्कामा आमासयमा पुगेको च्यापच्याप लाग्ने उक्त तत्व ।

अब पर्यो फसाद ! सहयोग गर्न पुगेर आफुलाइ दयावान सावित गर्न खोजेका बाबाजी न त्यहाँ कराउन भयो न त छोडेर हिन्न नै । तै पनि आफु भित्र उम्लिएको तातो रगतलाइ लाज र घिनको दुपट्टाले बेरेर सर्कसको भालु झैँ बाबाजी पछाडी सरेर गाडीको गेटमा पुग्दा भए ।”

बिचैमा कुमारजीको आवाज सुनियो-“आऽऽऽऽ मुनिवर ! यो के दु:खको कुरा भो त ! पृथ्वीलोकको यात्रामा त यस्तो भैहाल्छ नि । हाम्रो जस्तो मयुर, मुसा या गोरुमा मा चढेर हिन्ने भए पो त?

खाध्य पदार्थ हसुर्नका मात्र माहिर हुन कि भनिएका अगस्त्य मुनिवर तत्कालै दुर्वासाको गुणमा पनि देखिए र रिसाउँदै भने- “हे कुमार ! धैर्य गर्न सिक भन्दैछु मैले ।”

मुनिवरले थप्दै गए- “यति हुँदाहुँदै रातिको खाना खाने स्थान आइपुग्यो । सबैजना खानाखान हिँडे । बाबाजी केहिबेर त के गरुँ के गरुँ भनेर अलमलमा परे । तर सबैतिर हेरेर अन्तत: दुइचार गेडा भएपनि पाकेकै चामल हुल्न पाए पेटको डहन शान्त हुन्थ्यो भन्ने निश्कर्ष निकाल्दै न्यु चन्द्रसुर्य होटल कालाकाटेमा छिर्दा भए ।

कपाकप १० गास भात हसुरेपछि बाबाजीको एघारौँ गास झ्याप्पै रोकियो ।

आफ्नो जीवनका अमुल्य २४-२५ बर्ष शाकाहारी भएर बिताएका बाबाजीलाइ चन्द्रसुर्य होटलको दारी साहुले आज शाकाहारी खाद्यपदार्थ दालमा एक चोक्टा कलेजो पनि उपहार स्वरुप डुवाइदिएपछि बाबाजीको गास यसरी ब्रेक लागेको गाडी झैँ रोकिएको रहेछ । एकछिन बाबाजीले ट्वाँऽऽऽ परेर आफ्ना थाल उपर हेरिरहे ।

एकछिन पछि केहिबेर साहुसंग बाझाबाझ पनि पर्यो तर साहु थोडी बाटो कुरेर बाबाजीलाइ भात खुवाउन बसेको थियो । उ त राजमार्गमा भात बेच्न बसेको बेपारी न थियो । झुक्किएर दालमा पसेको कलेजोको टुक्राको पैसा उल्टो शाकाहारी बाबाजीबाट असुल्न तम्सिएको थियो उ त ।

पेटको डहन मार्न निलिसकेको भातले बाबाजीलाइ भित्रभित्रै घोचेझैँ भएछ । गाडी चलिसकेको थियोभने यता बाबाजीको पेट बटार्न सुरु भैसकेको रहेछ । कसैलाइ सुनाउँ भने छेउमा चिनेका मान्छे पनि थिएनन र भएका वाक्चेहरुलाइ बाबाजीले पहिल्यै धाक दिइसकेका थिए –”मलाइ त बोरामा हालेर बाँधेर डिक्कीमा हालिदिएपनि उल्टि हुँदैन।”

अब गर्ने कसो? तलबाट भातका सिताहरु बाँदरका छाउरा उफ्रे झैँ उफ्रिरहेका थिए, बाबाजीका मुखारबिन्दबाट बाहिर फाल हाल्नका लागि । यो सबै अघिको कलेजोको टुक्रा परेको शाकाहारी दालकै कमाल थियो । तर वरीपरिकालाइ त्यो कुराको के मतलब !

अन्तत: जे नहुनु थियो त्यही भयो, अघि सहयोग गर्न जाँदा चाउचाउ वाक्ने बालकको जिउभरी बाबाजीले भात खन्याइदिए । कालाकाटेबाट पेटमा भरेर ल्याएको डाँडा मन्सुली चामलको भात ।

बालकका बाउ जुरुक्कै उठेर हात ताके तर हान्न चैँ हानिहालेनन । रिसको पारो १०० प्रतिशतका दरले बढाएर एकैचोटि उच्च बिन्दुमा पुर्याउँदै उन्ले भने -“अघि मेरो बाबुले झुक्केर वाकेको बदला जानी जानी लिनुपर्छ? खुब मलाइ बोरामा हालेपनि उल्टी हुन्न भनेको हैन?”

को को के के भनेर कराउँदै गएऽऽऽऽबाबाजीले भने निरन्तर झ्यालबाट टाउको निकालेर पेटमा पुगेको एकटुक्रा कलेजोको पाप पखालिरहे निरन्तर उक्क उक्क ध्वनि गुञ्जन गराउँदै ……………………………..।

उज्यालो भैसकेको रहेछ । उक्त ६ पाँङ्ग्रे सवारी साधनको सहचालकले कलंकी कलंकी भनेपछि पो बाबाजी जाग्राम भएछन त । यसरी बाबाजी काठमाण्डु फिर्दा भए…………”

कुमारजी आज्ञा गर्नुहुन्छ –”हे अगस्त्य मुनि ! नेपाल भन्ने देशको राजमार्ग र सवारी साधनको स्तर कहिले सुध्रेला हँ?

अगस्त्य मुनिले तत्कालै जवाफ दिए-“के म नेपालको मन्त्री हो र यो कुराको जवाफ दिनलाइ?”

इति श्रीखण्डे कात्तिक महात्म्य बाबाजी कारनामाय वमन पुराणम ,वाइवाइ अध्याय कलेजो काण्डम प्रस‌ंग समाप्ते:

२०६९ कात्तिक १२ गते
बबरमहल ।

About baabajee

just human
This entry was posted in कथा, Uncategorized and tagged , , . Bookmark the permalink.

यसरी बाबाजी काठमाण्डौ फिर्दा भए……… का 47 वटा प्रतिक्रियाहरु

  1. Ananta Koirala भन्नुहुन्छ:

    अँ, म के भन्दै थिएँ? ए अँ, यी ल्वाङ्े बाबाजीले स्वस्थानीका भाका हालेर आफ्नो भजन गाएछन् तर पढदा बडो मजा आयो। यीनमा कला छ तर यीन्का औंला अल्छीका भकारी हुन्। औंलालाई निरन्तर तालिम दिन सके इन्टरनेटको दुनियाँमा यीनको भविश्य सुन्दर देखिन्छ😛

  2. पिंगब्याक: यसरी बाबाजी काठमाण्डौ फिर्दा भए……… | मेरो अन्लाईन डट कम

  3. बिग्रेको सोझो केटो भन्नुहुन्छ:

    अन्तत: जे नहुनु थियो त्यही भयो, अघि सहयोग गर्न जाँदा चाउचाउ वाक्ने बालकको जिउभरी बाबाजीले भात खन्याइदिए । कालाकाटेबाट पेटमा भरेर ल्याएको डाँडा मन्सुली चामलको भात । Nice cha la bro keep it up

  4. Ujjwal Acharya भन्नुहुन्छ:

    बडो मज्जा आयो तर बाबाजी सारै अल्छी भएछन, जति जति लेख्दै गए, सक्ने हतारो हुदैँ गए जस्तो बुझे मैले त !

  5. Indra Dhoj Kshetri भन्नुहुन्छ:

    बाबाजीले दिएछन् है । कहिले हाँसोको अट्टहास र कहिले उक्कउक्क आउनी यो पढ्दा त🙂

  6. dDus जी भन्नुहुन्छ:

    बाटोको पिडा जस्तै नखाने ले पनि झोल भए पनि पाउछ, तपाइले त चोक्टै पाउनु भएछ,

  7. Krishna भन्नुहुन्छ:

    Interesting lagyo tapainko yatra ko barnan…

  8. ajaya भन्नुहुन्छ:

    साह्रै दुख पाउनुभएछनी विचरा

  9. Sashi भन्नुहुन्छ:

    Hilarious !!!!! I was alone, but could not resist loud laugh !!!!!!

  10. lendaai भन्नुहुन्छ:

    हाहा, जटायु बाबाले काइदाको लेखेछ🙂

  11. Binaya Guragain भन्नुहुन्छ:

    खुब हँसायो महात्म्यले, बडो रोचक, मलाई पनि कैयौ पल्ट यस्ता अनुभव भएकाछन्, लेखपढेपछि बर्षौपछि आफैले बसको लामो यात्रा गरेजस्तो असजीलो अनुभव गरायो । लेखाई राम्रो छ ।

  12. नवराज पौडेल भन्नुहुन्छ:

    सार्है राम्रो लाग्यो दाइ हजुरको लेखाइ !

  13. ganesh भन्नुहुन्छ:

    reading n louging over and over again !! keep it on!!

  14. Kranti Darai भन्नुहुन्छ:

    हेहेहेहे सवैले भोगेको कुरा भए पनि पढ्दा वेग्लै आनन्द आउने, सवैलाई लेख्ने कला कहाँ हुन्छ र ?
    एउटा कुरा दाई ति गन्हाउने वस्तुहरुमा लोकल ठररररर्रा, पुकार, सुर्ति, चुरोट (धुम्रपान र मध्यपान) का कुरा छुटेचन ।😛

  15. Karmath Subedi (@karmathsubedi) भन्नुहुन्छ:

    राम्रो लाग्यो यो देशको राजमार्गमा गुढ्नेले एक न एक चोटि यो र यस्तै केहि भोगेकै हुन्छन् तर शब्दमा उतार्ने मुश्किल काम कुशलता पुर्वक गर्नु भा’कोमा बधाई!!

  16. Ganesh Acharya भन्नुहुन्छ:

    टाढाको सफरमा सँधैजसो भोग्ने नरमाईलो अनुभुति पढ्दा रमाईलो भयो । हिजो रातीको आफ्नो यात्रा झल्झलि याद आयो । शब्दमा उतार्ने झण्झटिलो काम प्रभावशाली ढंगकामा सम्पन्न गर्नुभएकोमा शुभकामना ।

  17. ganesh gautam भन्नुहुन्छ:

    हा ह ह इति वमन पुराणम ,वाइ वाइ अध्याय कलेजो काण्ड :

  18. Sweta Gyanu Baniya भन्नुहुन्छ:

    Very sad thing. I can understand what exactly happens while you eat meat accidently like this.

    Kati majjale lekhnu bhayeko yesto pidadayek kura yeti ramailo hola bhanne ma ta imagine nai garnai sakina🙂 Hahahaha..

  19. bhanu adhikari भन्नुहुन्छ:

    बाबा जि अब खगेन्द्र सङ्रौला तिमी सँग फाएर । तुरुन्त भोली एउटा बट्टा चुरोट लिएर भेट्न गये हुन्छ । यात्राा ब्रितान्त राम्रो छ। यो मिले क्लिक गरेको फोटो पनि राम्रो छ ।

  20. Dila भन्नुहुन्छ:

    भद्र सन्तस्य कारनामाय ट्वीटस्य कारणे जानकारी भवतु । सकल परिहासकथा समीचीना अस्ति । ह्रदयम् प्रफुल्लित अस्ति ।

  21. Rabindra Subedi भन्नुहुन्छ:

    धन्न हाँस्दा हाँस्दै उपर्तल्ली भएन…बाबाजीको कथा माथि पर्न पाएन ।
    निकै राम्रो छ, बाबा..बा ।

  22. Jeevan Ale भन्नुहुन्छ:

    अति सुन्दर । वास्तविक कुरा लाई पण्डित को भाषा मा लेख्नु भएको रहेछ पढेर खुसि लाग्यो यो क्रम निरन्तर चलिरहोस

  23. Rupak Thami भन्नुहुन्छ:

    He kaliyuge Baba dhanxa 6au timi

  24. Gnes prjli भन्नुहुन्छ:

    इति श्रीखण्डे कात्तिक महात्म्य बाबाजी कारनामाय वमन पुराणम ,वाइवाइ अध्याय कलेजो काण्डम प्रस‌ंग समाप्ते:

    Baba …………http://prjlignes.blogspot.com/

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )