कथा ।


“१५ दिन अघि मात्रै हस्पिटल लगेर ल्या’को हो । कति बिरामी हुन्छे के यो छोरी अचेल ?” उनले दिक्क मान्दै भनिन् ।

“खै त ! के हो के हो ? म डाक्टर भैद्याभए तुरुन्त भन्न सक्थेँ।” मैले प्रत्युत्तरमा टर्रो जवाफ फर्काएँ । उनी अमिलो मुख लगाउँदै भित्तातिर फर्किइन् ।

भित्तातिर छोरी एकोहोरो टाउको दुख्यो भन्दै गन्गन् गरिरहेकी थिई ।

मैले थर्मोमिटर निकालेर छोरीको ज्वरो जाँचेँ । ज्वरो एकसय दुई डिग्रीमा रन्किरहेको थियो । छोरीको ज्वरोको दिक्दारीमा मेरो अबेर घर आगमनले अँझै दिक्दारी थपेको थियो उनीमा ।

त्यसैले त भन्दैथिईन “तिम्रो यस्तो पारा भन्दा त बरु सुर्खेत नै ठिक थियो । कमसे कम तिमी साथमा छैनौँ भनेर चित्त त बुझाउँथेँ मैले यस्तै अप्ठ्यारो पर्दा ।”

“म के गरम् त ? मैले तिमीहरु यहाँ आउनै पर्छ भनेको हो ? आफ्नै मर्जीले आएका त हौ नी । केक्केन काठमाण्डौमा लड्डु पाईन्छ झैँ गरेर ।” मेरो रिसको पारो चढ्यो त फर्काएँ मैलेपनि जवाफ ।

“हेर बाबै । नाटक मेरो प्राण हो प्राण । यही नाटकका लागि मैले घर छोडेर एकडेढ बर्ष भारत पलायन पनि हुनुपरेको छ।”

“अरे बाबा काँ’बाट आयो यो कुरा फेरी ? मैले त छोरी बिरामी छ भनेर खबर गरिसकेपछि घरमा टाईममै आउनुपर्छ पो भनेको त ! त्यसमाथि छोरी बेलैमा निदाउँछे, उसलाई निदाईसकेपछि औषधी खुवाउन गाह्रो हुन्छ, त्यही भएर औषधी लिएर छिटै आउ भनेर एसएमएस पनि गरेको थिएँ । तर तिम्रो कानमा मेरो कुराको बतास लागेपो त?”

बास्तवमा उनको नजरमा गल्ती त मेरै थियो । सर्वनामको रंगमञ्चमा एक्टर्स स्टुडियोको नाटक चलेको थियो–ओ स्टार दुनियाँ !

सब्स्टीच्युडमा पाएको बिदा सदुपयोग गर्न दिनभर घरमा बसेको म साँझपख नाटक खेल्न नपाएको बर्षौँको तिर्सना मेट्नभएपनि हेर्न चाँही जान्छु भनेर हान्निएको थिएँ कालिकास्थान । तर बिहान स्कुल गएकी छोरी साँझ घरमा आउँदा बिरामी परिदिईछ । बाबुका नाताले जति मलाई त्यो साँझ आफु नाटक हेर्न गएर छोरीलाई समयमै औषधी लिएर घरमा आउन नपाएकोमा जति पोल्यो त्यो भन्दा कैयौँ गुणा पिडा उनको मुहारमा छर्लङ्गै देखिन्थ्यो कि एउटी आमालाई उसको बच्चा बिरामी हुँदा या उसको अनुहारमात्र मलिन हुँदा पनि कति पिडा हुन्छ भन्ने कुरा ।

बाँकि छिट्टै आउँदैछ…………………………..प्रतिक्षा गर्नुहोला ।Image

About baabajee

just human
This entry was posted in कथा and tagged , . Bookmark the permalink.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )